Naya Sadar
Badar

कुटी, नाभी र गुञ्जी बाहेक सबै ठाउँमा जनगणना सकियो

Sadar Sano

दार्चुला – कालापानी र लिम्पियाधुरा बाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो ।

जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । बिहान ११ बजे विभागमै पत्रकार सम्मेलन हुने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।

Naya Mat patra

विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।

विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।

सडक सञ्जाल अप्ठ्यारो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई हिजो हेलिकप्टरमार्फत त्यहाँबाट फर्काएको रेग्मीले जानकारी दिनुभयो । कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटी लगायत गाउँको जनगणना गर्न भने बाँकी छ । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो ।

तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागको तयारी छ ।

Leave A Reply

Your email address will not be published.