महाकालीसहित दार्चुलाका नदी तथा खोलामा नदीजन्य र खानीजन्य पदार्थ उत्खननमा पूर्ण रोक

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाले महाकाली, चमेलियालगायत जिल्लाभित्रका सबै नदी तथा खोलामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन कार्यमा पूर्ण रोक लगाएको जनाएको छ।

जिल्ला समन्वय समितिको कार्यालयबाट जारी सूचनाअनुसार जिल्ला अनुगमन समितिको असार ३१ गते बसेको बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड–२०७९ को दफा ४ को उपदफा १६ बमोजिम प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननमा रोक लगाउनुपर्ने व्यवस्था अनुसार उक्त निर्णय गरिएको हो।

समितिले दार्चुला जिल्लाका प्रमुख नदी महाकाली, चमेलिया लगायतका अन्य खोला तथा नदीहरूमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन कार्य पूर्ण रूपमा बन्द गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

जिल्ला समन्वय समितिले उक्त निर्णयको प्रभावकारी कार्यान्वयन गर्न तथा गराउन सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालालाई अनुरोध गर्दै सूचना जारी गरेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.