दार्चुला । न्यायपरिषद्ले जिल्ला अदालत दार्चुलाका न्यायाधीश भसवन गिरीको सरुवा गरेको छ । परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो ।
न्यायपरिषद्ले दार्चुलाका न्यायाधीश भुवन गिरीलाई मुगु जिल्ला अदालतमा सरुवा गरेको छ । यस्तै टेकराज जोशी ललितपुर जिल्ला अदालतबाट नयाँ न्यायाधीशको रुपमा दार्चुला आउने भएका छन् ।
न्यायपरिषद्ले आजै उच्च अदालतका ५० जना न्यायाधीशको पनि सरुवा गरेको छ ।