दार्चुला – नेपाली कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन अन्तरगत क्षेत्र १ क को मतगणना सम्पन्न भएको छ । क्षेत्र क को मत परिणाम हेर्दा सभापतिका उम्मेदवार ललित सिह बोहरा २ सय ३४ मतले अगाडि रहेका छन ।
कुल ५ सय ३८ मत गणना हुदा बोहराले ३ सय ७९ मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्द्वी अमरसिंह धामीले १ सय ४५ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै उपसभापतिमा उमेश सिह खत्रीले १ सय १७, महादेव बडू कश्यपले ३ सय ७२, मानबहादुर बमले ६४ ललित सिह ठगुन्नाले २ सय ९५, सन्तोष कुमार सिह ऐतवालले ८४ मत प्राप्त गरेका छन् । सचिव पदमा पुलेन्द्र बहादुर कार्कीले ४ सय १६, माधवराज भट्टले १ सय २०, महेश सिह धामीले ६२, महेन्द्र प्रसाद बडूले १ सय ७३, देव सिह धामीले ४१, वीर सिह डडालले १ सय मतले पछ्याइरहेका छन् ।
सहसचिवमा राजु अवस्थीको अग्रता छ । उनको ३ सय ७३, राजेन्द्र प्रसाद जोशीको २ सय ८५, जयानन्द जोशीको ९५, सन्तोष दयालीको १ सय ६२ मत रहेको छ । प्रदेश क्षेत्र क सभापति बोहराको भएकाले अग्रता लिएको अनुमान गर्न सकिन्छ ।
यस्तै ख क्षेत्र अमरसिंह धामीको गृह भएकाले उनले त्यहाँबाट अगाडी बढ्न सक्ने अनुमान छ । जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भएको थियो । बिहीबार साढे एघार बजेबाट भएको मतदान साझ साढे छ बजे सकिएको थियो । मतगणना राती ९ बजेबाट गर्ने भने पनि कारण वस अबेर राती देखि सुरु भएको हो ।
कूल १ हजार ४३ मतदाता मध्ये ९ सय ५६ मत खसेको थियो । प्रदेश क्षेत्र क मा ५ सय ३८ र ख मा ४ सय १८ मत खसेका थिए ।