दार्चुला । हाडजोर्नी रोग विशेषज्ञ तथा चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले दार्चुलाको ब्याँस गाउँपालिका–१ स्थित छाँगरुमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
ब्याँस स्वास्थ्य चौकी, छाँगरुबाट सुरु भएको शिविरमा स्थानीय बासिन्दालाई हाडजोर्नी लगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान भइरहेको हो । डा. केसीले हाल दार्चुलामै रहेर स्वास्थ्य सेवा दिइरहनु भएको छ।
डाक्टर केसी केहीदिनभित्रै भारतको बाटो हुँदै सीमा क्षेत्रमा रहेको छाँगरु र तिंकर गाउँ पुगेर स्थानीय नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।
दुर्गम हिमाली क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुग्न कठिन हुने अवस्थामा डा. केसीको पहलले स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। स्थानीय तहले पनि शिविरलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहयोग गरिरहेको जनाएको छ।
डा. गोविन्द केसी दार्चुला पुगे, छाङरु–तिंकरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने