दार्चुला । नेपाली कांग्रेश दार्चुलाको सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा ललितसिह बोहरा विजयी भएका छन ।अर्का उम्मेद्धवार अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै ललित सिंह बोहराले ६२० मत लिएर विजयी भएका हुन।
खसेको कुल ९५६ मतमध्ये सभापतिका अर्का उम्मेदवार अमरसिह धामीले ३०९ मत मात्रै प्राप्त गर्नुभयो ।
उपसभापतिमा ललितिसिह ठगुन्ना ५४० र महादेब बडू ४८२ मत प्राप्त गर्दै विजयी भएका छन। उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री ३३१, शन्तोषकुमार सिह ऐतवाल १५८ र मानबहादुर बमको ८१ मत प्राप्त गरेर पराजित भएका छन् । सचिवमा पुलेन्द्रबहादुर कार्कीले ६६५ र माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी भएका छन भने । महेन्द्रप्रसाद बडूको २२४, बिरसिह डडाल ८४, महेशसिंह धामी १३६ र देबसिह धामीको १२२ मत प्राप्त भएपनि पराजित भएका छन । सहसचिवमा राजु अवस्थी ५६९ राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सन्तोष दयाली २७४ र जयानन्द जोशीको २२५ मत प्राप्त भएपनि पराजित हुनुभयो । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहरिएका छन् ।
