जिर्ण बन्दै दार्चुला र बैतडी जोड्ने झोलुंगे पुल

दिपक साउद दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाउपालिका जोड्ने चौलानी नदि माथिको झोलुंगे पुल जिर्ण बनेको छ । करीब तिन दशकअघि निर्माण भएको चौलानि नदी माथिको पुल जीर्ण बनेको हो । दैनिक हजारौं मानिस संगै बिधार्थीहरु ओहोर दोहोर गर्ने उक्त झुलुङ्गे पुल जिर्ण बनेपछि स्थानियलाई आवतजावतमा समस्या हुने गरेको स्थानिय वासिन्दा तथा सत्य प्रकाश माबि का शिक्षक उत्तम पाल ले बतानुभयो ।
मर्मत नुहँदा पुलमा राखिएका फलामका फलेक र काँटीहरु फुत्किएको अवस्था रहेको छ ।’झुलुङ्गे पुलको छेउमा नै लगाएको जाली पनि उम्किन थाले पछि र पुलका लरा फ्ल्यानमा खिया समेत लागेको कारणले स्थानिय र बिधार्थीहरुलाई आवतजावतमा समस्या हुने गरे पछि.खतरा समेत बढेको स्थानिय वासिन्दा तथा अर्का सत्य प्रकाश मा बि देथला का शिक्षक गौतम पालले जानकारी दिनुभयो ।

पुल बनाउने बेलामा नै धेरै उकालो ओराला बनाई दिएको छ । पुलको जग समेत चौलानी नदी ले काटिसकेको छ । आवतजावत गर्न डर लाग्छ बाध्यताले आवतजावत गर्नु परेको छ बर्षा भएको दिन घरमै बस्नु पर्ने अवस्था आउने गरेको बैतडीको डिलाशैनी बाट सत्य प्रकाश माबि देथला दार्चुलामा अध्ययन गर्ने आउने एक जना विद्यार्थीले गुनासो गर्नुभयो ।

झुलुङ्गे पुल जिर्ण अवस्थामा पुग्दा समेत सो क्षेत्रका कुनै पनि राजनितिकर्मीहरुले चासो नदेखाएको स्थानियले गुनासो गरेका छन् । स्थानियका अनुसार शैल्यशिखरनगरपालिका वडा नं–२ का वडाअध्यक्षदेखि नगरप्रमुख सम्म लाई पुल मर्मत गर्न पटक पटक भन्दा पनि कुनै वास्था नगरेको बतानुभयो । स्थानियले झुलुङ्गे पुलको ठाउमा अब पक्की पुल बनाउनु पर्ने माग समेत गरेका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.