नेपाली काँग्रेस दार्चुलाबाट को-को चुनिए महाधिवेशन प्रतिनिधि

दार्चुला – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुलाको सातौँ जिल्ला अधिवशेनबाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधि खुुलातर्फ सर्वाधिक ६ सय १७ मत ल्याएर जगदीश बहादुर पाल महाधिवेशन प्रतिनिधि चुनिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार हरक सिंह विष्ट ( ५२९), धिरेन्द्र साउँद (५२१), शम्भुप्रसाद जोशी (५०४), विक्रम सिंह धामी (४७६), गणेश राज भट्ट (४५५), महादेव बडू (४१८ ), केशर सिंह भण्डारी (३८५), दिलिप सिंह बुढाथोकी (३८५ ),र नरेन्द्र सिंह धामी (३०९) मत ल्याएर विजयी भएका छन ।

महिला खुलातर्फ राजमति पाल (६८७ )शान्ती देवी बम (६८७ )ईश्वरी जोशी (६६९ )यसोदा तिंकरी (५६७ )विजयी भएका छन् । यस्तै खस–आर्य समानुपातिक तर्फ करबीर बहादुर कार्की (४३५ ) ,गणेश दत्त बडू (४०२)’ सुरेन्द्र बहादुर बम (३८३) गोकर्ण बहादुर चन्द (३७६) र पदम राज पन्त (३४४) विजयी बनेका छन । खस–आर्य महिला तर्फ देवकी देवी बोहरा (५०७) सुना बोहरा (४९६ )आनन्दी पन्त भट्ट (४१९) र सुना जोशी (४१५) विजयी भएका छन। महाधिवेशन प्रतिनिधि दलित तर्फ गोवद्र्धन कोली सर्वसम्मत चुनिए । यस्तै अल्पसंख्यक÷अपांगता तर्फ चक्र सिंह ह्याकी (३२४) र बासुदेव सिंह ऐतवाल (३६५) विजयी बनेका छन ।

भने सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दाकुमारी बम महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँच जनाको प्रतिस्पर्धा भएको थियो ।

Leave A Reply

Your email address will not be published.