नदीजन्य पदार्थको चोरी तस्करीमा संलग्न टेक्टर प्रहरीको फन्दामा

कञ्चनपुर

कञ्चनपुरमा असार १ गते देखि नदीखोला,नाला बन्द भएपनि नदीजन्य पदार्थको चोरी तस्करी भईरहेको छ । जिल्लाका विभिन्न खोलानालाहरुबाट गैर कानूनी रुपमा नदीजन्य पदार्थको उत्खनन्, चोरी तस्करी भईरहेको हो ।

 

अनेकन बहानाबाजी गरेर चुरेदेखि दक्षिण, पश्चिम, पुर्वका खोलानालाहरुबाट ढुङगा, बालुवा, गिट्टी चोरी तस्करी भईरहेको बुझिन्छ । सोमबार मात्रै प्रहरीले चुरे क्षेत्र ओदाला खोलाबाट ढुङगा चोरीको आरोपमा दुई टेक्टर नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक बहादुर रावतले कृष्णपुर नगरपालिका १ ओदालाखोलाबाट अवैध रुपमा ढुङगा निकालेर ओसार्न लागेको अवस्थामा ढङगा, टेक्टर सहित मानिस नियन्त्रणमा लिएको बताए । उनका अनुसार पुष्कर चौधरीले चलाएको से१त८७०१ र प्रकास चौधरीले चलाएको सुपप्र ०१००२त४६३८नम्बरको टेक्टर नियन्त्रणमा लिएको छ । आउँसो भदौैँ मसान्तसम्मा खोला नाला बन्द हुने भएपनि यही मौकामा चोरी तस्करी बढेपछि नागरिक स्तरबाट चिन्ता व्यक्त गरिएको छ ।

 

यसैविच प्रहरीले गैर कानुनी रुपमा भारतबाट भन्सार चोरीछली गरेर ल्याएका अवैध समान पनि बरामद गरेर भन्सार बुझाएको छ । झण्डै दुई लाख ७० हजार, ६सय ३०रुपैया बराबरको युरिया मलदेखिका औषधी चिनसम्मैका समान बरामद गरेर भन्सार बुझाएको हो । साथै प्रहरीले मानिस सहित अवैध काठ समेत बरामद गरेको छ । दोधाराचाँदनी नगरपालिका ७टाउके टोल क्षेत्रबाट सुगनका ५गोलिया सहित १८.५क्युफिट काठ बरामद गरिएको छ । भने, पुर्नवास ९धनसिङ्गा बस्ने ३९ बर्षिया ऐन बहादुर शाहीलाई पक्राउ गरिएको बताए ।

 

प्रवक्ता रावतका अनुसार शाहीले घरमा सिसम जातको चार थान गोलीया १७.५५क्युफिट काठ लुकाई राखेकाले काठ बरामद सहित मानिसलाई पक्राउ गरिएको बताए । कञ्चनपुर प्रहरीले गैर कानूनी गतिबिधी ठाँउको ठाँउ नियन्त्रण गर्ने जनाउँदै कानुन अनुरुप व्यापारदेखिका कामकाज गर्न अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.