दार्चुला । दार्चुलामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । सोमबार दिउसो महाकाली नगरपालिका वडा ६ का ५६ वर्षिय हरक सिह ठगुन्ना घाइते भएका हुन ।
स्थानीय स्थानीय बिसन सिह ढाटका अनुसार आफ्नै खेतबारीमा तरकारी टिप्ने क्रममा जंगली भालुको आक्रमणबाट उनी घाइते भएको बताए । भालुको आक्रमणमा परी घाइते ठगुन्नाको हात र कानमा चोट लागेको छ ।
घाइते ठगुन्नालाई उद्धार गरी उपचारका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा लगिएको छ । अवस्था खतरामुक्त रहेको बताइएको छ ।
