बझाङमा एक जनाको हत्या

दार्चुला  – बझाङमा एक जनाको हत्या भएको छ। गएराति जयपृथ्वी नगरपालिका ७ का ४६ वर्षीय पिरु भण्डारीको सो ठाउकै २३ वर्षीय दिपेन्द्र थापासँग कुलीबाँध खोलामा विवाद उत्पन्न भई धकेलाधकेल हुदा भण्डारी घाइते भएपछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारत जान लागेका छोरालाई गाडीमा चढाएर फर्किएका मृतक पिरु भण्डारी र थापाको कुलीबाँध खोलामा हिँडिरहेका बेला विवाद उत्पन्न भएको थियो। मदिरा सेवन गरेका उनीहरुले विवादपछि दुबैबीच धकेलाधकेला हुँदा भण्डारी घाइते भएका थिए।

घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.