उद्योग बाणिज्य संघको अध्यक्षका लागि निर्वाचन हुँदै

दार्चुला । दार्चुला उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसक्दा निर्वाचन हुन लागेको हो ।

उद्योग वाणिज्य संघको अध्यक्षबाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका लागि उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेशसिह थापा र उपाध्यक्ष इन्द्रदेव पन्त बीच प्रतिस्पर्धा हुँदैछ ।

उद्योग वाणिज्य अध्यक्षका प्रत्याशी थापालाई नेकपा एमालेको साथ छ भने पन्तलाई नेपाली काग्रेसले साथ दिएको छ । यसअघि उद्योग वाणिज्य संघको पदाधिकारीमा नेकपा माओवादी केन्द्र निकटलाई समेत समेटिएको हुँदा अध्यक्षमा थापालाई माओवादी समर्थन रहने बताइएको छ । उद्योग वाणिज्य संघको चुनावको लागि कुल ९५८ जना मतदाता रहेका छन् ।

उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा बिशनसिह बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघको तीन जना सदस्य भने कार्यसमितिले मनोनित गर्ने छ ।

Leave A Reply

Your email address will not be published.