कञ्चनपुर
कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ ।
नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरको आयोजनामा २४ साउन (आईतबार) दिवस मनाउने भएको हो ।
नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाम महेन्द्रनगरमा विवित कार्यक्रम गरेर दिवस मनाउन लागेको छ ।
नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जिल्लाका सबै पालिका समन्वय समितिले विवित कार्यक्रम गरेर ३२ औँ विश्व आदिवासी जनजाती दिवस मनाउने बताए ।
‘हामीले जिल्ला समन्वयबाट महेन्द्रनगर बजारमै कार्यक्रम गर्न लागेका छौँ, जिल्लाका हुने कार्यक्तममा आउन नसक्नेहरुले आ–आफ्नो पालिकामा शुभकामना आदान प्रदानदेखि समाजिक काम गर्छन, ‘उनले भने, ‘दिवसलाई यस बर्षपनि उत्साहका साथ मनाउन लागिएको छ ।’ अगस्त तालिका दिन हरेक बर्ष मनाउँदै आएको दिवस यस बर्षपनि कञ्चनपुर सहितका जिल्लाहरुमा मनाउन लागिएको छ । आदिवासी जनजाती समुदायमा आबद्ध सबै घटकहरुले आफ्नो सस्कृति सहितका नृत्य प्रस्तुत गर्नेछन । समाजिक विकासमन्त्री बेल बहादुर रानाको प्रमुख आथित्यमा हुने कार्यक्तममा आदिवासी जनजाती समुदाय सहितका सरोकारवालाहरुको उपस्थिति हुनेछ । गत बर्ष जिल्ला समितिले बेलौरीमा मनाएको थियो ।
