दार्चुलाको अपिहिमाल गाउँपालिकामा ढुगां लागेर शिक्षिकाको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा ढुगां लागेर एक जना शिक्षिका  को मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर घर भइ शिद्धनाथ आधारभुत विद्यलय घाजिरमा कार्यरत बालबिकास सहजकर्ता  दमयन्ती मन्यालको ३६ बर्षको उमेरमा मृत्यु भएको हो ।

थुमनि खन्ने बेला माथिबाट ढुगां आएर गम्भी घाइते भएका मन्यालको घर ल्याउने क्रममा बाटोमै ज्यान गएको स्थानीय गणेश धामीले जानकारी दिनुभयो । मृतक मन्यालका तीन छोरा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.