कञ्चनपुर
कञ्चनपुरको महेन्द्रनगरमा ईलेक्ट्रोनिक स्कुटरको स्वरुम संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमै मेघा मोटर्स संचालनमा आएको हो । बिहीबार देखि औपचारिक रुपमा संचालनमा आएको जनाएको छ । सचालक किशन शाह, शिवम गुप्ता, पवन गुप्ता रहेका छन । एक लाख देखि डेढ लाख सम्म मुल्य पर्ने स्कुटी पहिलो दिन चार बिक्रि भएका छन । मेघा मोटर्सका सेल्समेन हरिस जोशीले विभिन्न ब्राण्डका ईभी स्कुटीको बिक्रि वितरण देखि मर्मत कार्य समेत भईरहेको बताएका छन । महेन्द्रनगरमै ईभि स्कुटीको स्वरुम संचालनमा आएपछि उपभोक्तालाई सहज हुनेछ ।
