निर्मला हत्याकाण्डमा तत्तकालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतिक थापामाथि अनुसन्धान हुनुपर्छ ः पत्रकार भण्डारी

कञ्चनपुर
पत्रकार खेम भण्डारीले बलात्कारपछि हत्या गरिएकी निर्मलाको न्यायका लागि निरन्तर आवाज उठाउने घोषणा गरेका छन । शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पत्रकार भण्डारीले निर्मलाको न्यायका लागि जस्तो जुसै कठिन अवस्थामा पनि निरन्तर लड्ने प्रतिज्ञा गरेका हुन । ‘यो निर्मला प्रकरणमा निर्दोष फस्न दिदैन, वास्तविक हत्यारासम्म पुग्न सरकारलाई सहयोग गर्छु, ‘उनले भने, ‘आफु ३७ दिन त के ३७ बर्ष जेल गएपनि निर्मलाको न्यायका लागि निरन्तर लडछु, यसमा कुनै शंका छैन ।’ उनले आफ्नो अन्तिम न्यायका लागि सर्वोच्च अदालत धाउने र आफुमाथि अन्याय गर्ने न्यायाधीशका बिरुद्ध न्यायपरिषदमा उजुरी दिने समेत घोषणा गरेका छन ।

 

आफुले निर्मलाको न्यायका लागि लड्दा लडदै जेल गएपनि अब न्यायालय भित्र हुने भ्रष्टाचार बिरुद्ध राष्ट्रव्यापी रुपमा मुद्दा उठान गर्ने घोषणा गरेका छन । ‘निर्मला सहितका कुनैपनि मुद्दामा निर्दोष फस्न दिदैन, नक्कली अपराधी खडा गर्न पनि दिदैन,‘उनले भने, ‘निर्मला अत्याकाण्डमा भिआईपी भनिएका तत्तकालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रंतिक थापा सहितमाथि पनि छानबिन गर्नुपर्छ ।’ उनले आफुले कसैलाई अनाधिकृत रुपमा आरोप, गाली बेईजती नगरेको दावि गर्दै निर्मलाको न्याय र समाजिक न्यायका लागि मात्रै आवाज बुदल्न गरेको दावि गरेका छन । निर्मलाको हत्या गरिएको भनिएको होटल ओपेरा सहितका थप आशंका गरिएका व्यक्ति, क्षेत्रमाथि अनुसन्धान हुनुपर्नेमा भण्डारीको जोडछ । उनले होटल ओपेराले समेत यस विषयमा प्रष्ट पार्नुपर्ने बताए ।
‘होटल ओपेराको हार्डडिस्क चेकगर्नुहोस, अनि भीमदत्त नगरपालिकाले जडान गरेका सिसिटिभी खोज्नुहोस, त्यहाँबाट समेत थुप्रै विषय थाहा हुन्छ, ‘उनले भने, ‘निर्मलाको लुगा अम्बा,साईकल सहितका सबै विषय अध्ययन गर्नुपर्छ ।’

 

तत्तकालिन आईजिपी सर्वोन्द्र खनालमाथि पनि छानबिन गर्नुपर्ने भन्दै आफुले निर्मलाको हत्याकाण्डदेखि दवावमा त्यसै भिआईपी नभनेकोन दावि गरेका छन । निर्मलाकै गृहनगरबाट रमेश लेखक गृहमन्त्री भएपनि उनबाट आफुले आशा गरेको तर, किन यस विषयमा उनले चासो राखेनन, आफुलाई थाहा नभएको बताउँदै वर्तमान सरकारले चाहे निर्मलाका वास्तविक हत्यारा पत्ता लाग्ने भण्डारीको विश्वास छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.