कञ्चनपुरका पुर्व भारतीय सैनिकलाई परिचय पत्र 

कञ्चनपुर ।

कञ्चनपुरका पुर्वभुर्व भारतीय सैनिकलाई परिचय पत्र वितरण गरिएको छ ।

नेपाल भुपु सैनिक जिल्ला समिति महेन्दनगर कञ्चनपुर(भारतीय भुपु सैनिक) ले जिल्लाका भारतीय भुपलाई परिचय पत्र तथा साधारण सदस्यता वितरण गरेको हो । नेपाल भुपु सैनिक जिल्ला समिति महेन्दनगर कञ्चनपुर(भारतीय भुपु सैनिक)का अध्यक्ष महाबिर बमले भारतका विभिन्न रेजमेन्टमा कार्यरत भएर सेवानिवृत भएका कर्मचारीहरुको पहिचानका लागि परिचय पत्र वितरणका साथै सदस्यता वितरण गरिएको बताए ।

अध्यक्ष बमका अनुसार जिल्लाका बरिष्ठ सल्लाहकार दशरथ जोशी, अध्यक्ष आफै महाबिर बम, उपाध्यक्ष जेन बहादुर तामाङ्ग, सचिव उत्तम बहादुर चन्द, कावा सचिव नरेन्द्र बहादुर चन्द, सह सचिव दयाकृष्ण भट्ट, कोषाध्यक्ष किशन सिह पुजारा, सदस्य मोहन कार्की, नैन बहादुर चन्द, उत्तम बहादुर चन्द सहितलाई परिचय पत्र वितरण गरिएको छ । साथै सेवानिव्रृत भएका पुर्व सैनिकका धर्मपत्नीहरुलाई समेत वितरण गरिएको छ । पुर्व भारतीय सैनिक हरक सिह भण्डारी धार्मानन्द भट्ट लगायतका देहान्त भएका पुर्व भारतीय सैनिकको स्मृतिमा मौन धारण गरिएको थियो । जिल्ला अध्यक्ष बमले भुतपुर्व भारतीय सैनिकको हक अधिकार सहित भारतीय सैनिकमा रोकिएको भर्ना लगायतका विवित विषयमा वकालत गर्ने गराउने बताए । ०४७सालदेखि कञ्चनपुरमा भुतपुर्व भारतीय सैनिक संगठित भईरहेका छन ।

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.