राइजिङ फारवेस्ट डान्स स्टुडियोकाे आयोजनामा नृत्य प्रतियोगिता हुने 

कञ्चनपुर।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता हुने भएको छ। राइजिङ फारवेस्ट डान्स स्टुडियो झलारीको आयोजनामा साउन २९ गतेदेखि नृत्य प्रतियोगिता सञ्चालन हुन लागेको हो।

विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डान्स स्टुडियोका सञ्चालक बिनित भण्डारीले बताए। उनका अनुसार प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।

प्रतियोगिताको अडिसन साउन २९ गतेदेखि सुरु हुने उनले बताए। प्रतियोगितामा प्रथम हुने विद्यार्थीले १५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, ३ महिना निःशुल्क डान्स ट्रेनिङ तथा म्युजिक भिडियोमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।त्यस्तै, द्वितीय हुने विद्यार्थीले १२ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी र ३ महिनासम्म निःशुल्क डान्स ट्रेनिङ पाउनेछन्। तृतीय हुने विद्यार्थीलाई ८ हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.