दार्चुला । ७९ किलोमिटरको दार्चुला टिंकर खण्ड ६ वर्षमा १९.८ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ ।
२०७७ साल माघदेखि निर्माण सुरु गरिएको यो सडक खण्डको २०८८/८९ भित्र ट्र्याक खनिसक्नुपर्ने म्याद छ ।
यो आयोजना गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल १७.५ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ आषाढ चौथो हप्तासम्म थप १.४ किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र २.३ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल १९.८ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ ।
