Naya Sadar
Badar

दार्चुलामा मतदाता नामावली संकलन कार्यक्रम हुदै

Sadar Sano

दार्चुला – निर्वाचन आयोग दार्चुलाले मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोभिड संक्रमणको जोखिममा कमी आएसँगै आयोगले यसै महिनादेखि दार्चुलामा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । जिल्लाका ८ वटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

यहि मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म सञ्चालन हुने पहिलो चरणको कार्यक्रममा जिल्लाको व्यासँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको बताएका छन ।

Naya Mat patra

यस्तै यहि मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा मालिकार्जुन गाउँपालिका दुहुँ गाउँपालिका व्यासँ गाउँपालिका नौगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ ।

जिल्लाको बाँकी १ स्थानीयतह महाकाली नगरपालिकामा हाल यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय दार्चुला इलाका प्रशासन कार्यालय मार्फत नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा अन्य स्थानको मतदाता नामवलीमा नाम दर्ता गराउँदा बसाइँसराइको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्रसहितको कागज ल्याउनु पर्ने उहाँले सरोकारवाला हरुलाई जानकारी गराउनु भएको छ । बाहिरी जिल्लामा स्थायी ठेगाना रहेकाको समेत मतदाता नामवलीको विवरण संकलन गरिने बताइएको छ । बाह्य जिल्लाका नागरिकलाई बसोबास रहेकै जिल्लामा निर्वाचन कार्यालयमा आएर आफ्नो विवरण भरी मतदाता नामवलीमा नाम समावेश गर्न सकिने व्यवस्था गरिएको पनि निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा प्रतिनिधि सभातर्फ १ र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् । जिल्लामा २०७७ पुस पाच गते सम्म कुल मतदाता सख्या ८३ हजार १९४ जना पुगेको छ भने २०७४ सालको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजानर ५सय १३ रहको थियो ।

मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्लास्तरीय कार्यक्रम अनुगमन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीको अध्यक्षतामा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.