दार्चुलामा मतदाता नामावली संकलन कार्य शुरु

दार्चुला – निर्वाचन आयोगको कार्यतालिका अनुसार दार्चुलामा पनि मतदाता नामावली संकलन कार्य शुरु हुने भएको छ ।

आयोगले यसै महिनादेखि दार्चुलामा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीले जानकारी दिनु भयो ।

यही मंसिर १७ गतेदेखि जिल्लाका स्थानीय तहका केन्द्रमै गएर फोटो सहितको मतदाता नामावली संकलन कार्य अनुसार पहिलो चरणमा जिल्लाका ४ ओटा स्थानीय तह र दोश्रो चरणमा पनि जिल्लाका ४ ओटा स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम रहेको बताएका छन ।

पहिलो चरणको कार्यक्रम अनुसार जिल्लाको व्यासँ अपि हिमाल लेकम र शैल्यशिखर नगरपालिकामा, मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो चरणको कार्यक्रममा यहि मंसिर २९ देखि पुस ९ गतेसम्म सञ्चालन हुने मालिकार्जुन दुहुँ गाउँपालिका व्यासँ गाउँपालिका नौगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ ।

जिल्लाको बाँकी १ स्थानीय तह महाकाली नगरपालिकामा हाल यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय दार्चुला इलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

१६ बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकलाई सम्बन्धित पालिकाको केन्द्रमा आएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै लिएर आउन समेत आग्रह गरिएको छ ।

दार्चुलामा प्रतिनिधिसभातर्क १ र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन्। जिल्लामा २०७७ पुष पाच गते सम्म कुल मतदाता सख्या ८३ हजार १९४ जना पुगेको छ भने २०७४ सालको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजानर ५सय १३ रहको थियो ।

Leave A Reply

Your email address will not be published.