रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।

उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।

रवीन्द्र र कासिबबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ।

दुवै फाइटरको प्रोफेसनल एमएमए प्रदर्शन उत्कृष्ट रहेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.