बेलडाँडीमा अल स्टार युवा क्लबको आयोजनामा ९ औ संस्करण फुटबल प्रतियोगिता हुदै

कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाडी गाउँपालिकामा आजदेखि फुटबल प्रतियोगिता सुरु हुनेभएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं.०१ मा रहेको अल स्टार युवा क्लबले हरेक वर्ष आयोजना गर्ने फुटबल प्रतियोगिता लाई निरन्तरता दिदै ९औं संस्करण खुला नकआउट फुटबल प्रतियोगिता ०८३ को आईतबार एक कार्यक्रमका साथ उद्धाटन हुने कार्यतालिका रहेको प्रतियोगिता संयोजक मनोज खडायतले बताए ।

प्रतियोगितामा कञ्चनपुर कैलालीका जम्मा २३ टिमको सहभागिता रहेको छ। समुह ’ए’ र समुह ’बि’ गरि दुई समुहमा बिभाजन गरि प्रतियोगिताका खेल नकआउट आधारमा खेलाइने छन्। प्रतियोगिताको विजेता टिमले ८३ हजार आकर्षक टूफी प्रमाणपत्र मेडल, उपविजेता टिमले ४५ हजार टूफि प्रमाणपत्र मेडल पुरस्कारको व्यवस्थापन गरिएको छ ।
प्रतियोगिताका ६ विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको समेत व्यवस्थापन रहेको छ ।

प्रतियोगिताको उद्धाटन खेल अरनिको युवा क्लब पुनर्वास नगरपालिका र बेल्डाँडी फुटबल एकेडमी ’ए’ बीच दिउँसो २ः०० बजे अल स्टार युवा क्लबको खेलमैदान रोमाञ्चक प्रतिस्पर्धा हुने छ। प्रतियोगिताको समापन भाद्र २१ गते दिउँसो आयोजकले बताएको छ । हरेक बर्ष सुदूरपश्चिमेलीहरुको महान गौरा पर्वको पुर्व सन्ध्यामा हुने प्रतियोगिताले खेलकुदसंगै लोक संस्कृति रक्षाका लागि टेवा पु¥याएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.