दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि भारतको धार्चुलाका गंगादत्त सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत उनी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका हुन्।
उनी एन्ड्रोइड हाइड्रो प्रालिमा वेल्डरका रूपमा कार्यरत थिए। परिवारका अनुसार उनको एउटा खुट्टाको बढी औँला काटिएको छ। गंगादत्तलाई कसैले देखे वा भेटेमा ९८६४३३२५३७ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।
