राप्रपा महाधिवेशनको चुनावी प्रक्रिया सुरु

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुँदैछ ।

हिजो उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

बन्दसत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नुभएको छ ।

यस्तै विधान संशोधनसहित गाउँरनगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था महाधिवेशनले पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापा जानकारी दिनुभयो । महाधिवेशनमा देशभरिबाट झण्डै ४५ सय प्रतिनिधि सहभागी छन् ।

राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । एकता महाधिवेशनको हिजो काठमाण्डौको भृकुटीमण्डपमा अध्यक्षत्रय थापा, राणा र लोहनीले उद्घाटन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.