चौलानी नदीमा तत्काल जोखिम हट्यो, पहिरोपीडितले गाउँ छोडे

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार पहिरोले थुनिएको चौलानी नदीमा तत्काललाई जोखिम टरेको छ । शनिबारदेखि चौलानी नियमित झै बगिरहेको छ ।

आधा थुनिएको चौलानी नियमित भए पनि भटटार बस्तीका नागरिकलाई शुक्रबार अन्यत्र स्थानान्तरण गरिएको छ । शनिबार बिहानैदेखि घरमा रहेका सामाग्री देखि पशुचौपाया सार्ने काम भइरहेको स्थानीय मञ्जु लोथ्यालले जानकारी दिइन् ।

पहिरोको जोखिम कायमै रहेकोले पशुचौपायासहित स्थानान्तरण गरिएको हो । शुक्रबार दिनभर पहिरो खस्यो । साँझ ५:३० बजे, ७ बजे र राति १२ पनि ठूलो पहिरो खसेको थियो । आज भने पहिरो खसेको छैन् ।

हिजो जिल्ला प्रशासन कार्यालय दार्चुलाले सावधानी अपनाउन भन्दै सूचना निकालेको थियो ।त्यसपछि नदि तटीय क्षेत्रमा पर्ने स्थानीय तह, प्रहरीले पनि सूचना निकाल्यो । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडी
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको थियो ।

चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।
पहिरोका कारण सितिबाट अर्काे गाउँ खायकोट, ल्वाथि तथा अपि वेसक्याम्प जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.