भट्टार पहिरो : पुलबाट भारी सामान नलैजान आग्रह

दार्चुला । अपिहिमाल बेस क्याम्प पदयात्रामा पर्ने धनवारी भन्के क्षेत्रमा चमेलिया नदीमाथिको काठेपुलको एकापट्टिको भाग भाँचिएकाले यात्रा थप जोखिमपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।

पुलबाट आवतजावत गर्दा आवश्यक सावधानी अपनाउन, भारी सामान बोकेर पुलमा नहिँड्न तथा पुलको बाटोबाट भारी सामान लैजान खच्चडलगायतका चौपायालाई समेत प्रयोग नगर्न गाउँपालिकाले विशेष अनुरोध गरेको छ।

उक्त स्थानमा पुल निर्माणको काम भइरहेको भन्दै पुल निर्माण सम्पन्न नहुँदासम्म केही समय धैर्य गरिदिन गाउँपालिकाले सबैसँग आग्रह गरेको छ।

अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकन्द्रबहादुर बिष्टद्वारा जारी सूचनामा प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासी, विद्यार्थी तथा पदयात्री सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.