सुप प्रदेशको सम्बृद्धिका लागि नेकपा नेता प्रकास जप्रेलले बुझाए जनअपेक्षा पत्र

कञ्चनपुर ।
नेपाल कम्युनिष्ट पाटी९नेकपा०का युवा नेता प्रकास जप्रेलले सुदूरपश्चिम प्रदेश सरकारलाई सात बुदे जनअपेक्षा पत्र बुझाएका छन । नेकपा केन्द्रीय सदस्य प्रकास जप्रेलले मुख्यमन्त्री खगराज भट्टलाई सात बुदे जनअपेक्षा पत्र बुझाएको हो ।

नेकपा केन्द्रीय सदस्य जप्रेलले मुख्यमन्त्री भट्टलाई बुझाएको जनअपेक्षा पत्र यस्तो छ ।
सर्वप्रथम वामपन्थी गठबन्धन तथा सहिदहरूको प्रतिबिम्बका रूपमा माननीय मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा गठित सरकारलाई विशेष बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।

कुनै पनि देशको राजनीति कति जिम्मेवार र जनमुखी छ भन्ने कुरा त्यहाँको आर्थिक नीति तथा कार्यक्रमबाट स्पष्ट हुन्छ। नेपालमा टोलदेखि मन्त्रालयसम्म घुस दिएर काम गर्ने–गराउने विकृति तथा संस्कार मौलाउँदै गएको छ भन्ने जनताबाट व्यापक गुनासो छ। यस्तो विकृतिको संरक्षण गर्ने कवचका रूपमा राजनीति र सत्ताका विभिन्न अंग तथा व्यक्तिहरू प्रयोग भएको देखिन्छ। विगतमा प्रदेश सरकारले प्रस्तुत गरेका बजेट तथा कार्यक्रमहरूमा पनि त्यही विकृतिको निरन्तरता देखिँदै आएको हो।

तर सुखद विषय के हो भने अहिले नयाँ सरकार निर्माण भएको छ। पक्कै पनि विगतका ती विकृति र बेथितिलाई यो सरकारले खारेज गर्नेछ। यस अर्थमा वर्तमान नेतृत्व र सरकारलाई पुनः सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपाली जनताको लामो संघर्ष र बलिदानको उपहारका रूपमा प्राप्त समाजवादउन्मुख संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई जनताका मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। तर विडम्बना, संविधान जारी भएको झन्डै एक दशक पुगिसक्दा पनि यी अधिकारहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। यसै कारण आज प्रदेश संरचनाको औचित्यमाथि प्रश्न खडा भएको छ।

उक्त प्रश्नको सम्बोधन गर्दै प्रदेश संरचनाप्रति जनताको विश्वास स्थापित गर्ने दायित्व र जिम्मेवारी वर्तमान निर्वाचित प्रदेश सरकारको हो। यसै जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्नका साथै युवा तथा विद्यार्थीका र नागरिकका बिषय माननीय मुख्यमन्त्रीज्यूसमक्ष मैले जिम्मेवार र चिन्ताका साथ केही सुझाव यहाँ प्रस्तुत गर्दछु।
तपसिल ः
१. प्रदेशभरिका प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न, नमुना, निःशुल्क तथा गुणस्तरीय आधारभूत प्राविधिक शिक्षासहितका माध्यमिक विद्यालय निर्माण गर्ने नीति लिइयोस्।
२. प्रदेशका दुईवटा प्रादेशिक अस्पताललाई उच्चस्तरीय सेवा–सुविधासहित विकास गरी सबै नागरिकलाई छिटो, सहज र गुणस्तरीय उपचारका लागि आवश्यक जनशक्ति तथा प्रविधिको व्यवस्था सुनिश्चित गरियोस्।
३. प्रदेशको नीति तथा कार्यक्रम उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा केन्द्रित गरी बजेट विनियोजन गरियोस्, जसले प्रदेशको आफ्नै आयस्रोत निर्माण गर्न सकोस्।
४. मानवतावादी तथा शिक्षावादी राजा जयपृथ्वीबहादुर सिंहको सम्झनामा प्रदेशमा पुस्तकालय स्थापना गरी इतिहास, राजनीति र संस्कृतिको अध्ययन गर्ने व्यवस्था गरियोस्। साथै, जनयुद्धका महान् सहिद विनय र सुन्दरको सम्झनामा बझाङमा संग्रहालय स्थापना गरियोस्।
५. सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरण गर्ने संरचना निर्माण गरी डडेल्धुरामा सयौँ रोजगारी सिर्जना गर्ने कृषि उद्योग स्थापना गरियोस्।
६. सुदूरपश्चिम प्रदेशमा रहेका दुईवटा विश्वविद्यालयलाई यहाँको जीवन र जगत्सम्बन्धी अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गर्न आवश्यक सहकार्य प्रदेश सरकारले गरोस्।
७.औषधिजन्य वस्तुका रूपमा अत्यन्तै महत्त्वपूर्ण गाँजाखेतीलाई वैधानिकता दिई यसको आवश्यकता र उपयोगिताका आधारमा उत्पादन प्रवद्र्धन तथा औद्योगिकीकरण गर्ने नीति बनाई यसलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्छ। साथै, गाँजाखेतीलाई सुदूरपश्चिमका जनताको आयस्रोतको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.