लेकम–२ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, जीवनराम दमाई सभापतिमा चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले जीवनराम दमाईको सभापतित्वमा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ।

नेपाली कांग्रेसका निवर्तमान वडा सभापति केशवराज जोशीका अनुसार नयाँ कार्यसमितिको नेतृत्व सहमतिमै चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीयस्तरमा जनताका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.