दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलामा राजपत्र अनंकित प्रथम श्रेणीका दुई जना नयाँ नायब सुब्बा आउने भएका छन् ।
गृह मन्त्रालयले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका ९७ जना नायब सुब्बाको एकैपटक सरुवा तथा पदस्थापन गरेसँगै दार्चुलामा पनि दुई जना नयाँ कर्मचारी आउने भएका हुन् ।
मन्त्रालयको असोज ५ गतेको निर्णयअनुसार नन्दराज जोशी र सूर्यप्रसाद ओझालाई जिल्ला प्रशासन कार्यालय दार्चुलामा पदस्थापन गरिएको हो ।
दुवै जना राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बा हुन् ।
