दार्चुलाका बाढीपीडितलाई प्रदेश सरकारको राहत

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
दार्चुलाको व्यास गाउँपालिका–४, मणगाउँमा बाढीबाट प्रभावित स्थानीय बासिन्दाको सहयोगका लागि प्रदेश सरकारले राहत सामग्री पठाएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत पठाइएको राहत सामग्री आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले हस्तान्तरण गरेका हुन्।
मन्त्री थारूले दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय प्रतिनिधि तथा व्यासका बासिन्दालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले राहत सामग्री पठाएको जनाएको छ। राहत सामग्रीमा ५० थान कम्बल, ४० थान टेन्ट लगायत आवश्यक सामग्री रहेका छन्।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार थप सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.