कञ्चनपुर ।
देशका सातै प्रदेशका शिक्षा विकास निर्देशनालय मध्ये सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय डोटी दिपायल प्रथम भएको छ । सघीय सरकारले सातै प्रदेशका शिक्षा निर्देशनालयको कार्य सम्पादन बारे गरेको परीक्षणमा सुप प्रदेशको शिक्षा विकास निर्देशनालय डोटी दिपायल प्रथम भएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्र्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ)ले सातै शिक्षा निर्देशनालयको कार्य सम्पादनमा आधारित विभिन्न मापदण्डहरुमा गरेको सम्पादन परीक्षण गरिएको मध्ये देशभरमा सुपको शिक्षा निर्देशनालय प्रथम भएको जनाएको छ । शिक्षा विकास निर्देशनालयको कार्य सम्पादन परीक्षणको एकीकृत प्रतिवेदन ०८१÷०८२ र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदन अनुसार सातै प्रदेश मध्ये शिक्षा विकास निर्देशनालय डोटीले ८३.३७ उच्चतम अक पाएर प्रथम स्थान हासिल गर्न सफल
भएको छ ।
कार्यसम्पादन परीक्षण मार्गदर्शनअनुरुप कार्यसम्पादनको भारित प्राप्ताङ्क र कार्यसम्पादनको समग्र स्तरलाई हेर्दा प्रदेशगत हिसाबले सुपको कार्यसम्पादन परीक्षण मार्गदर्शन अनुरुप कार्यसम्पादनको भारित प्राप्ताङ्क र कार्यसम्पादनको समग्र स्तरलाई हेर्दा प्रदेशगत हिसाबले सुपको धेरै राम्रो स्थान पाएको हो ।
यस्तै कोशी प्रदेशको ४९.७१ (सामान्य वा सन्तोषजनक), मधेश प्रदेशको ३९.५१ (कमजोर), बागमती प्रदेशको ८०.८७ (धेरै राम्रो), गण्डकी प्रदेशको ६६.० (राम्रो), लुम्बनी प्रदेशको ५७.९१ (सामान्य वा सन्तोषजनक), कर्णालीको ७१.०३ (राम्रो) रहेको छ। सुप र बागमतीको धेरै राम्रो भएपनि बागमती भन्दा सुपले २.५अकले अग्र स्थानमै रहेको हो ।
सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय डोटी दिपायलका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेश र संघीय सरकारले दिएको कामकाज समयमै गुणस्तरिय ढङगबाट प्रभावकारी परिमाणमुखी दिनेहिसाबले गरेपछि स्वतन्त्र समितिले गरेको मुल्याङकनको परिमाण आएको बताए। महानिर्देशक विष्टले संघीय र प्रादेशिक सरकारले शिक्षासंग सम्बन्धीत दिएका कामकाज एकदमै प्रभावकारी रुपमा गरिएको बताए । ‘केन्द्र सरकारको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ)ले हाम्रा कामकाज हामीसंग मात्रै होईन फिल्डमा सेवाग्राहीसंग समेत सोधपुछ गरेको थियो, दिएका कामको विभिन्न मापदण्ड अनुरुप मुल्याङकन गरिएको उनले बताए ।
शिक्षा क्षेत्रका बरिष्ठ अधिकृत समेत रहेका दुर्गा दत्त विष्ट यस अघि दार्चुलाको शिक्षा अधिकारी हुँदा तीन पटक दार्चुला र दुई पटक डडेल्धुरा जिल्ला देशभरमा प्रथम भएको थियो । अहिले प्रदेशकै महानिर्देशक(प्रमुख)को जिम्मेबारीमा हुँदा देशभरका सातै प्रदेश मध्ये विष्टले नेतृत्व गरेको सुप प्रदेश नै प्रथम भएको छ ।
कार्यालय प्रमुखको हातमा समेत शिक्षा सुधारको महत्वपूर्ण जिम्मेबारी र भूमिका हुने भएकाले महानिर्देशक विष्ट नेतृत्वको शिक्षा विकास निर्देशनालय डोटी,दिपालय देशभरमा प्रथम भएसंगै सुपको शिक्षामा उल्लेख्यनिय सुधार भएको शिक्षासंग सरोकार राख्ने जानकारहरुको भनाई छ ।
