दार्चुलामा वर्षाको जोखिम, नदी तटीय क्षेत्रका बस्ती तथा बजारमा निगरानी बढाइयो

दार्चुला प्रशासनले भारी वर्षाका कारण बाढी, पहिरो र नदीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ। जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय तह र सरोकारवाला निकायलाई सचेत गराइएको छ।

व्याँस गाउँपालिका–४ मडगाउँका जोखिममा रहेका स्थानीयलाई पालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताएका छन्। नदी तटीय क्षेत्रका बस्ती तथा बजारमा समेत जोखिम रहेकाले निगरानी बढाइएको छ। गोकुलेश्वर र खलंगालगायत क्षेत्रमा नदीको बहाव बढ्न सक्ने भएकाले प्रशासनले विशेष निगरानी गरिरहेको जनाएको छ।

सम्भावित बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै स्थानीय तहलाई कम्तीमा दुई महिनासम्म पुग्ने खाद्यान्न मौज्दात राख्न भनिएको छ।

विपद्का बेला घाइते तथा बिरामीको उपचार व्यवस्थापन गर्न जिल्ला अस्पताल, गोकुलेश्वर अस्पताल तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। रेडक्रसलाई पनि आवश्यक राहत सामग्री तयारी अवस्थामा राख्न भनिएको प्रशासनले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.