दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न अधिवेशनबाट लक्ष्मणसिंह डागा नगर सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेस शैल्यशिखर नगरपालिकाका अनुसार अधिवेशनले नगर कार्यसमितिको उपसभापतिमा तिलकबहादुर पाल र महिला उपसभापतिमा माधवी जोशीलाई चयन गरेको छ ।
यस्तै, समितिको सचिवमा सुरेशसिंह विष्ट, सहसचिवमा डम्मरकुमार डागा र कोषाध्यक्षमा माया चन्द चयन भएका छन् ।
नगर कार्यसमितिको सदस्यमा दलिततर्फ माया दमाई र मदन महर चयन भएको नेपाली कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ ।
