भारी वर्षाको जोखिम : मालिकार्जुन गाउँपालिकाद्वारा विद्यालयलाई उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालयलाई विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न अनुरोध गरेको हो ।

मौसम विज्ञान विभागबाट जारी विशेष मौसमी बुलेटिनअनुसार भोली असोज ९ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।

मौसमी प्रणालीका कारण गाउँपालिका क्षेत्रमा समेत बाढी, पहिरो, नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, सडक तथा आवागमनमा अवरोध हुने र प्राकृतिक विपद्का घटना हुन सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ ।

सम्भावित विपद्बाट विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको सम्पत्तिको सुरक्षा गर्न विद्यालयहरूले आवश्यक सतर्कता र सावधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै, नेपाल सरकार, नेपाल मौसम विज्ञान विभाग तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी निर्देशन र स्थानीय मौसम, सडक तथा आवागमनको अवस्था विश्लेषण गरी असोज ९ गते विद्यालय सञ्चालन गर्ने वा बिदा दिने सम्बन्धमा आवश्यक निर्णय लिन सकिने गाउँपालिकाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.