कञ्चनपुर ।
कञ्चनपुर बेदकोटको भुवनेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा चेकजाँच गरिएको छ । नेत्रबिहिन सघको आयोजना एव आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा बेदकोट ६ सिसैया भुवनेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा चेकजाँच गरिएको हो ।
आँखा अस्पताल महेन्द्रनगरका प्रमुख बीरसिह धामीले विद्यार्थीको आँखामा रहेको समस्या पहिचान गर्दै उनीहरुको स्वास्थ्यका लागि चेकजाँच गरेर परामर्स, उपचार गरिएको बताए । उनका अनुसार चारसय बढी विद्यार्थीले सेवा लिएका छन । भने, २७ बिद्यार्थीको मोतियाबिन्दु देखिएको छ । आँखा अस्पताल महेन्द्रनगरले विभिन्न समयमा यसरी नै आँखा शिबिर गर्दै उपचार गरिरहेको छ ।
