दार्चुलामा सार्वजनिक सवारी आवागमनमा रोक

दार्चुला। भारी वर्षाको सम्भावना रहेकाले दार्चुला जिल्लाभर सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै आजदेखि असोज ११ गते बिहान ६ बजेसम्म जिल्लाभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो।

यसअघि प्रशासनले असोज ७ गते सूचना जारी गर्दै असोज ८ देखि १२ गतेसम्म रातको समयमा मात्र लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो।

तर, भारी वर्षाको पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार दार्चुलालाई अति जोखिमयुक्त जिल्ला अर्थात् ‘रेड जोन’ मा राखिएकाले दिन र रात दुवै समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनले आकस्मिक तथा अत्यावश्यक अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.