दार्चुलामा सोमबार बिहानसम्म सवारी सञ्चालनमा रोक

दार्चुला । दार्चुलामा लगातार भइरहेको वर्षाका कारण जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सवारी आवागमनमा रोक लगाएको हो।

शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र वर्षा नरोकिएपछि यसअघि शनिबार बिहानदेखि आइतबार बिहानसम्म लगाइएको सवारी सञ्चालनको रोकलाई थप गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ७ बजेसम्म जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ।

लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.