हिमाली जडीबुटी संकलन अनुमति तत्काल दिन सांसद ठगुन्नाको माग

दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले हिमाली क्षेत्रमा जडीबुटी संकलनका लागि आवश्यक अनुमति तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले दार्चुलाका अपिहिमाल, मार्मा, नौगाड, दुहुँ र व्यास गाउँपालिका तथा महाकाली नगरपालिकाका केही वडा अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने उल्लेख गरे।

उनले ती क्षेत्रका स्थानीय बासिन्दाले परापूर्वकालदेखि नै जडीबुटी संकलन गर्दै जीविकोपार्जन गर्दै आएको बताए। तर वन मन्त्रालयले जडीबुटी संकलनका लागि आवश्यक स्वीकृति दिन ढिलाइ गर्दा स्थानीय बासिन्दा मर्कामा परेको उनको भनाइ छ।

सांसद ठगुन्नाले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ तयार हुन ६ महिना लागिसक्दा पनि संरक्षण क्षेत्रभित्र आयोजना अध्ययनका लागि आवश्यक स्वीकृति रोकिएको विषयसमेत प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

उनले संरक्षण क्षेत्रभित्रका स्थानीयको जीविकोपार्जनसँग जोडिएको जडीबुटी संकलनको अनुमति तत्काल उपलब्ध गराउन तथा रोकिएका कार्ययोजना र आयोजना अध्ययनसम्बन्धी स्वीकृति अविलम्ब प्रदान गर्न वनमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.