दार्चुला : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलामा सम्पन्न निर्वाचनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ खस आर्य समानुपातिक पदमा युवा नेता वीरेन्द्रबहादुर कुँवर विजयी भएका छन्।
कुँवरले ४९४ मत प्राप्त गर्दै विजयी भएका हुन्। युवामाझ लोकप्रिय मानिएका कुँवरले महाधिवेशन प्रतिनिधिका रूपमा केन्द्रीय तहमा स्थान बनाएका छन्।
यस्तै, खुलातर्फ जगदिशबहादुर पाल ६८८ मत प्राप्त गर्दै विजयी भएका छन्। दार्चुलामा सम्पन्न निर्वाचनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुँदै पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा भाग लिनेछन्।
