दार्चुला । मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा जेन–जी केटाहरूको आयोजनामा सुपर ८क्रिकेट टुर्नामेन्ट हुने भएको छ। आयोजकका अनुसार असोज २६ गते भर्तोलामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आयोजकले दर्ता गराउन आग्रह गरेको छ।
प्रतियोगिताको विजेता टिमले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले ९ हजार ९९९ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर तथा म्यान अफ द टुर्नामेन्ट लगायतका विधामा विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुने टिमका लागि दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति असोज २५ गते बेलुका ५ बजेसम्म रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता आयोजकले निर्धारण गरेका नियम तथा क्रिकेटसम्बन्धी निर्धारित नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगिताका सम्बन्धमा आयोजकले निर्धारण गरेको नियम नै अन्तिम हुने जनाइएको छ।
