दार्चुलामा जिपको ढोकाबाट खसेर बैतडीको एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिपको ढोकाबाट खसेर बैतडीको एक जनाको मृत्यु भएको छ।

दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुले स्थित गोकुलेश्वर लटिनाथ सडक खण्डमा बिटुलेबाट गन्ना तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६९० नम्वरको जिपको बायाँ तर्फको ढोका खुलेपछि जिपमा सवार बैतडीको डिलासैनी गाउँपालिका–२ बस्ने २८ वर्षीय सन्तोष जाग्रीको मृत्यु भएको हो।

जाग्री सोमवार दिउँसो ढोकाबाट खसेर गम्भिर घाईते भएपछि उपचारको लागि मालिकार्जुन अस्पताल दार्चुला हुँदै जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा सोही राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिप र जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ बस्ने २५ वर्षीय मनोज घरेडीलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.