दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा आज एक दिन शोक बिदा दिइएको छ ।
शैल्यशिखर नगरपालिका–स्थित हुनैनाथ माध्यमिक विद्यालय, देवथलीमा कार्यरत शिक्षक मदनराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार शिक्षक जोशीको सोमबार भएको निधनप्रति शोक व्यक्त गर्दै असोज २० गते मंगलबार नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने निर्णय गरिएको हो ।
नगरपालिकाले शिक्षक जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।

