भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, दार्चुला सहित सुदूरपश्चिममा धक्का महसुस

दार्चुला। नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ ।

हिजो (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का नेपालको सुदूरपश्चिम भेगका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.