अपिहिमालमा भूमि प्रशासन सेवा सुरु

दार्चुला । अपिहिमाल गाउँपालिकामा औपचारिक रूपमा भूमि प्रशासन सेवा सञ्चालनमा आएको छ। गाउँपालिकामै भूमि प्रशासन सेवा सुरु भएपछि स्थानीय नागरिकलाई जग्गा तथा भूमि प्रशासनसम्बन्धी सेवा लिन सहज हुने विश्वास गरिएको छ।

सेवा शुभारम्भकै अवसरमा अपिहिमाल गाउँपालिका–५ निवासी जगत धामीले आफ्ना पिता कालो धामीबाट वकसपत्रमार्फत जग्गा हस्तान्तरण गराई लिखत पारित गराएका छन्।

नवसञ्चालित भूमि प्रशासन सेवाबाट पहिलोपटक सेवा लिने सेवाग्राही बनेका जगत धामी र उनका पिता कालो धामीलाई गाउँपालिकाको तर्फबाट सम्मानसमेत गरिएको छ।

गाउँपालिकामै भूमि प्रशासन सेवा उपलब्ध भएपछि स्थानीय नागरिकले जग्गा तथा भूमि प्रशासनसम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्थानीय तहबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउन सकिने भन्ने नेपाल सरकारको गत वैशाख १० गतेको निर्णयअनुसार अपिहिमालले भूमि सेवा सञ्चालन गरेको हो। स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने अपिहिमाल गाउँपालिका जिल्लाकै पहिलो पालिका हो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.