दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३, बस्कोटमा सोमबार बिहान जीप दुर्घटना भएको छ। मालिकार्जुनबाट भगवतीतर्फ जाँदै गरेको सु.प.प्र.०४००१ ज ००४६ नम्बरको जीप बिहान करिब ८ बजे मालिकार्जुन–भगवती सडकखण्डको बस्कोटमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जीप सडकमै पल्टिएको भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण जीप दुर्घटनामा परेको जनाइएको छ।
