दार्चुला । अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस आज दार्चुलामा पनि मनाइएको छ । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । ।
दार्चुला सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि महाकाली नगरपालिका नगर प्रमुख हंशराज भट्ट रहनु भएका थिए भने उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टको विशिष्ट आतिथ्यता रहेको जिल्ला अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो ।
।