नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
एनपीएलमा यी दुई टोली पाचौँ पटक भिड्न लागेका छन्। पहिलो सिजन तीन पटक भेट भएका थिए।
अहिलेसम्म सुदूरपश्चिमले तीन पटक जित हासिल गरेको छ भने जनकपुरले एक पटक जित हात पारेको छ। जनकपुरले पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराएको थियो।
सुदूरपश्चिमले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। जनकपुरले भने आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। जनकपुरले रायन बुरी र ह्यारी टेक्टर प्लेइङ–११ मा आएका छन्।
सुदूरपश्चिम रोयल्स: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनास बोहोरा, अनिल खरेल, सैफ जैव, ब्रान्डोन म्याकमुलेन, स्कट कुग्लेजिन र थरिन्दु रत्नायके।
जनकपुर बोल्ट्स: विशाल सुस्लिङ, राहुल यादव, ललित राजवंशी, अनिल शाह, आदित्य महता, तृतराज दास, अविशेक तिवारी, हरमित सिंह, जिम्मी निसम, रायन बुरी र ह्यारी टेक्टर।