नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार जारी खेलमा दुई पटकको उप–विजेता सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान काठमान्डु गोर्खाजका बलरसामु निरीह बनेका छन् ।
तीन ओभरको खेल सकिँदासम्म सुदूरपश्चिम रोयल्सले चार प्रभावशाली विकेट गुमाइसकेको छ । सुदूरपश्चिमले पहिलो ओभरको चौथो बलमै स्कट कुगेलेइन (६ रन)लाई गुमाएको थियो ।
सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा ब्रान्डन म्याकमुलेन (शून्य रन)लाई गुमायो । त्यसपछि सोही ओभरको पाँचौँ बलमा ईशान पाण्डे (शून्य रन) लाई गुमायो ।
यसैगरी, तेस्रो ओभरको तेस्रो बलमा विनोद भण्डारी (एन रन) पनि पेभेलियन पर्किए । काठमान्डु गोर्खाजका बलर जहाँदाद खान र सन्तोष यादवले दुई–दुई विकेट लिए ।
तेस्रो ओभरको खेल सकिँदासम्म सुदूरपश्चिम रोयल्सले चार विकेट गुमाएर आठ रनमात्र बनाउन सकेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले टस जिती सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।