नेपाली कांग्रेस को प्रदेश सदस्य मा कलाकार डोटेली कान्छा को उम्मेदवारी

दार्चुला । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सदस्य पदमा चर्चित कलाकार तथा समाज सेवि सुरत रावत  डोटेली कान्छाले उम्मेदवारी दर्ता गराएका छन ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत कैलालीको धनगढीमा आजबाट सुरू भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले प्रदेश सदस्यमा खस आर्य पदमा उम्मेदवारी दिएका दर्ता गराएका हुन ।
सुरत रावत नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल सांस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष, भ्रातृ संगठन नेपाल सांस्कृतिक संघका कैलाली अध्यक्षसमेत हुन्।
डोटेली कान्छा नाम ले निक्कै चिरपरिचित रावत समाजिक काम मा निक्कै सक्रिय भएका कारण ले उनको चौतर्फी निक्कै प्रशंसा हुने गरेको छ।कलाकार समाजिक सेवा र लामो समय पत्रकारिता पेशा गरेका रावतले आफू लाई सदस्य पदमा बिजय गराउनु सम्पुर्ण प्रतिनिधि हरुमा हार्दिक अपिल गरेका छन। कांग्रेस को अधिवेशनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र ६१ सदस्य चयन हुने छन्। कांग्रेसको केन्द्रीय महाधिवेशन यहीँ मंसिर २७ देखि पुस १ गतेसम्म काठमाडौंमा हुँदैछ।

Leave A Reply

Your email address will not be published.